रेडियो दिदीबहिनीलाई पराजित गर्दै न्यु डाईमण्डको विजयी सुरुवात

काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लबले चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा जित हात पारेको छ ।

पर्वतको बेनीमा बुधबार भएको पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले सुखद जित हात पारेका हो ।

न्यु डाईमण्डले आयोजक टोलीलाई २५-२, २५-३ र २५-६ को सेटमा पराजित गर्यो । जितसँगै समूह बी मा रहेको न्यु डाईमण्ड सेमिफाइनल नजिक पुगेको छ ।

प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी, न्यु डाईमण्ड, नेपाल पुलिस क्लब र आयोजक टिम गरि पाँच टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?