‘स्पोर्टअवार्ड २०७५’ मा ग्लोबल आइएमई बैंकद्वारा नगद पुरस्कार वितरण

काठमाडौ. । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित ‘स्पोर्ट अवार्ड २०७५’ मा उकृष्ट खेलाडीहरुलाई प्रदान गर्ने नगद पुरस्कार ग्लोबल आइएमई बैंकले प्रायोजन गरेको छ।

बैंकले पुरुषतर्फ उत्कृष्ट भएका प्याराग्लाईडिङ्गका पुरुषतर्फ विमल अधिकारी तथा महिलातर्फ सर्वोकृष्ट भएकी तेकवान्डोकी निमा गुरुङ्गलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आइएको जनाइएको छ। साथै कार्यलाई निरन्तरता दिदैं १४औं एनएनआईपिए स्र्पोट्स अवार्ड मंगलबार वसन्तपुरको डवलीमा आयोजना गरि पुरस्कार वितरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले एक लाखको चेक हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?