घर जाने सवारी नपाएपछि सरकारी बस चोरेरै घर पुगे यी व्यक्ति !

काठमाडौं । भारतको हैदराबादमा एउटा अनौठो चोरी भएको छ । एक दिन तेलंगानाबाट घर जान एक व्यक्तिले कुनै पनि सवारी साधन पाएनन् ।

त्यसपछि उनले तेलंगना राज्य सडक परिवहन निगमको बस नै चोरेर घर गएका छन् । घर पुगेपछि उनले बस सडकमै छोडिदिएका थिए । यो घटना गत १६ फेब्रुअरीको हो ।

विखबाद पुलिसका अनुसार एक व्यक्ति आफ्नो घर जानका लागि सवारीसाधन खोजिरहेका थिए । घण्टौँसम्म बस्दा पनि कुनैपनि सवारीसाधन नआएपछि उनले तन्दुर बस् स्टेशनमा रहेको बस चोरेर घर गएका थिए ।

घटना भएको केहि घण्टापछि परिवहन विभागका कर्र्मचारीहरुले बस राखेको ठाउँमा देखेनन् तब सबैतिर हल्लाखल्ला मच्चियो ।

उनीहरुले पुलिसलाई त्यसबारेमा जानकारी गराए । त्यसपछि पुलिसले खोजी गर्दा बस बिकाराबाद जिल्लामा फेला परेको थियो ।

पुलिसका अनुसार बस चोरी गर्ने व्यक्तिलाई एफआईआर दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?