शुन्य अंक कति पुरानो छ ? वैज्ञानिकले पत्ता लगाए अनौठो रहस्य !

काठमाडौं । शून्य अंकको शुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहा नै होला । त्यही शून्य अंककै बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेका छन् । जसअनुसार शून्य अंक यसअगाडि अनुमान गरिएको भन्दा पनि धेरै पुरानो रहेको रहस्य पत्ता लागेको हो।

वैज्ञानिकहरुले गरेको कार्वन डेटिङबाट शून्य अंक तेस्रो वा चौथो शताब्धीबाटै प्रयोग गर्न थालिएको पुष्टि भएको हो। शून्य अंक हामीले सोचिएको भन्दा कम्तीमा पनि ५ सय वर्ष पूरानो रहेको कुरा पत्ता लागेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेका भारतीय कलाकृतिमध्येको बलशाली पाण्डुलिपीमा शून्य अंक लेखिएको फेला परेको थियो ।

उक्त पाण्डुलिपी ७० भोजपत्रमा लेखिएको थियो जसमा संस्कृत र गणित लेखिएको थियो । त्यो पाण्डुलिपी बौद्ध भिक्षुहरुका लागि तयार गरिएको तालिम म्यानुअल थियो।

सोही पाण्डुलिपिको कार्वन डेटिङ पनि गरिएको थियो। उक्त पाण्डुलिपी नवौं शताब्दीतिरको रहेको अनुमान गरिएको थियो । तर, कार्बन डेटिङबाट त्यसका केही पन्नाहरु इश्वी सम्वत् २२४ देखि ३८३ बीचका रहेका पत्ता लागेको हो ।

अहिलेसम्म भारतको ग्वालियरको एक मन्दिरको भित्तामा लेखिएको शून्यलाई नै शून्य अक्षरको विश्वको सबैभन्दा पूरानो अभिलेखीय प्रमाण मानिएको थियो ।

पाण्डुलिपिको कार्वन डेटिङले चाहिँ शून्यलाई त्यसभन्दा धेरै पूरानो भएको प्रमाणित गरिदिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?