इन्ग्लिश प्रिमियर लिग : म्यानचेस्टर सिटी र वेष्ट ह्याम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं। इन्ग्लिश प्रिमियर लिग अन्तर्गत बुधबार म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाइटेडबीच खेल हुँदैछ ।

सिटीको घरेलु मैदानमा हुने खेल राति १:१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा सिटी सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा रहेको छ ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले २५ खेलमा ५१ अंक जोडेको छ । सिटी लिग लिडर लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ । लिभरपुलको ७६ अंक रहेको छ ।

यता, वेष्ट ह्याम घरेलु टोलीविरुद्ध अप्रत्यासित नजिता निकाल्न चाहन्छ । जित निकाल्दै वेष्ट ह्याम रेलिगेसन जोनबाट माथि उक्लन चाहन्छ ।लिगको १८ औं स्थानमा रहेको वेष्ट ह्याम १८ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?