१५० किलोको विश्वकै ठूलो समोसा !

काठमाडौं । १५ घण्टाको लामो समय लगाएर तयार पारिएको विश्वको सबैभन्दा ठूलो समोसा डेढ क्विन्टल अर्थात् १५० किलो तौलको छ ।

उक्त समोसा बेलायतको राजधानी लण्डनमा बनाइएको थियो। यो समोसा विश्वको सबैभन्दा ठूलो समोसा पनि हो ।

पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको थियो। मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक संगठनले उक्त समोसातयार पारेको हो ।

समोसा बनाउन पूरै १५ घण्टाको समय लागेको थियो । उक्त समोसा तयार पारेर घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरिएको थियो ।

उक्त समोसा बनाउने क्रममा मस्जिदमै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का कर्मचारी पनि उपस्थित भएका थिए । गिनिज अधिकारीहरुका अनुसार समोसा बनाउन सबै नियमहरु विधिपूर्वक पालना गरिएको थियो।

समोसाको स्वाद चाखिसकेपछि गिनिज अधिकारीले उक्त समोसालाई विश्वकै ठूलो समोसाको उपाधि प्रदान गरेका थिए ।

यसअघि पनि सबैभन्दा ठूलो समोसाको किर्तिमान बेलायतकै नाममा थियो । सन् २०१२ मा बेलायतमै ब्रेडफोर्ड कलेजमा १ सय १० किलोको समोसा तयार पारिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?