डर्टमण्डद्वारा पीएसजी पराजित

काठमाडौं । बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २-१ गोल अन्तरले पराजित गरेका हो ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । १९ बर्षका नर्वेजियन खेलाडी हालाण्डले दोस्रो हाफको खेलमा गोल गरे ।हालाण्डले ६९ औ मिनेटमा गोल गर्दै बोरुसिया डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

पीएसजीका नेयमारले ७५ औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै दुई मिनेटपछि दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे ।

दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?