डेढ मिनेटमै टुप्पोमा पुगिने संसारकै अग्लो लिफ्ट

काठमाडौं । प्रविधिको संसारमा हरेक दिन विश्वमा नयाँ नयाँ अनुसन्धान भईरहेका हुन्छन् । यस्तै वैज्ञानिक खोज तथा अनुसन्धान र निर्माणको जगतमा चमत्कार गरिरहेको चीनले भवन भन्दा बाहिर रहेको विश्वको सबैभन्दा अग्लो लिफ्टको बनाएर विश्व किर्तिमान राखेको थियो ।

चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो । पहाडको काखबाट शुरु भएर पहाडको टुप्पोसम्म पुगेको उक्त लिफ्टमा चढ्नेहरुले प्रकृतिको सुन्दर छटा अवलोकन गर्ने सौभाग्य प्राप्त गर्न सक्दछन् ।

लिफ्ट ३ सय २६ मिटर अर्थात् झण्डै एक हजार फिट अग्लो रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार उक्त
लिफ्ट विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।

लिफ्टमा तीनवटा डबल डेकर एलिभेटर लगाइएका छन् र हरेक एलिभेटरको भार बहन क्षमता ४ हजार ९ सय किलो रहेको छ । झण्डै एक हजार फिट अग्लो रहेको यो एलिभेटरको गति यति तिव्र छ की फेदबाट टुप्पोसम्म पुग्न जम्मा १ मिनेट ३२ सेकेण्ड मात्र लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?