सूर्यको बारेमा अचम्मै लाग्ने केहि तथ्य !

काठमाडौं – सौर्य परिवारको एक मुख्य सदस्य तथा आकाशमा चम्किने विशाल तारा सूर्य हो । यो पृथ्वीबाट १४ करोड ८८ लाख किलोमिटर टाढा छ । यसलाई घाम वा सुर्जे पनि भनिन्छ। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हुन् । सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा २८ गुना बढी छ ।
भनिन्छ, सूर्यभित्र पृथ्वी जस्ता १०९ वटा संरचना अटाउन सक्छन् । सूर्यलाई हेलिस्कोप नामक यन्त्रबाट हेर्न सकिन्छ ।
सौर्यमण्डलमा रहेका सबै पिण्ड (ग्रह, वामन ग्रह, क्षुद्र ग्रह, धूमकेतु आदि) सबैले सूर्यको परिक्रमा गर्छन् ।
हामी बसेको पृथ्वीबाट आकाशमा देखिने सबैभन्दा ठूलो पिण्ड पनि सूर्य नै हो । तर ब्रह्माण्डमा सूर्यभन्दा धेरै ठूला पिण्डहरु रहेका छन् । सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्डको समय लाग्छ ।

सूर्यको द्रव्यमानमा सबैभन्दा बढी ‘हाइड्रोजन’को मात्रा छ । सूर्यमा ७३ प्रतिशत ‘हाइड्रोजन’, २५ प्रतिशत ‘हिलियम’ र बांकी २ प्रतिशतमा अन्य भारी तत्व जस्तै अक्सिजन, कार्बन, नियान, फलाम, नाइट्रोजन, सिलिकान, म्याग्नेसियम र सल्फर रहेका छन् । सूर्यको केन्द्रमा प्रतिसेकेन्ड ७० करोड़ टन ‘हाइड्रोजन’ बलेर ‘हिलियम’ मा बदलिन्छ । हाइड्रोजन बल्ने यस प्रक्रियामा प्रति सेकेण्ड ६९९५००० टन हीलियम निर्माण हुन्छ बाँकी को ५० लाख टन हाइड्रोजन ऊर्जामा (एनर्जी) परिवर्तित भएर सूर्यमा ताप र प्रकाश उत्पन्न हुन्छ । सूर्यमा बनेको यही प्रकाश र तापले गर्दा पृथ्वीमा जीवन सम्भव भएको हो । एजेन्सीसूर्यसँग अत्याधिक गुरुत्वाकर्षण छ । यही गुरुत्वाकर्षणका कारण सबै ग्रहले सूर्यको परिक्रमा गर्छन् ।

सूर्यमा पृथ्वी भन्दा २८ गुणा बढी गुरुत्वाकर्षण छ।

जसरी पृथ्वीबाट अन्तरिक्षमा जानलाई ११.२ किमी प्रति सेकेन्डको वेग चाहिन्छ । यो वेग नभएको खण्डमा अन्तरिक्षममा पठाउन खोजिएको कुनै पनि वस्तु पृथ्वीको गुरुत्वाकर्षण शक्तिका कारण भूमिमा ठोक्किन आइपुग्छ ।

सूर्यको केन्द्रको तापमान १.५ करोड डिग्री सेल्सियससम्म हुन्छ । यसैगरी सूर्यको बाहिरी सतहमा तापमान ५ हजार ६ सय डिग्री सेल्सियस हुने गर्छ ।

पृथ्वीमा जीवन सूर्यबाट प्राप्त हुने ताप र प्रकाशले सम्भव भएको हो ।

सूर्यबाट प्राप्त प्रकाशले नै पृथ्वीका समस्त वनस्पति जगतले प्रकाश संश्लेषण प्रक्रिया बाट आफ्नो भोजन बनाउँछन् । यसरी वनस्पतिले बनाएको भोजनबाट हामी भोजन प्राप्त गर्छौं ।

सूर्य नभए पृथ्वीमा जीवनको कल्पना गर्न सकिन्न । सूर्य नै पृथ्वीमा पाइने सबै किसिमको जीवनको आधार हो ।

नेपालमा सूर्य उपासनाको महापर्व छठ मनाईन्छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने महत्वपूर्ण यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?