टोरिनोसँग मिलानको संघर्षपूर्ण जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित हात पारेको छ । सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन एन्टी रेबिकले निर्णायक गोल गरे । उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए । जितसँगै मिलानले २४ खेलमा ३५ अंक जोडेको छ । मिलान लिगको आठौं स्थानमा उक्लिएको छ ।

२७ अंक जोडेको टोरिनो १४ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?