भारतसँग न्युजिल्याण्डको टेष्ट, बलर बोल्टको पुनरागमन

काठमाडौं । न्युजिल्याण्डको टेष्ट टिममा बलर ट्रेन्ड बोल्टले पुनरागमन गरेका छन् ।

भारतसँगको दुई टेष्ट सिरिजका लागि न्युजिल्याण्डले घोषणा गरेको टिममा बोल्ट परेका छन् । बक्सिङ डेको दिन अष्ट्रेलियासँगको टेष्टको दौरान चोट बोकेपछि बोल्ट टिम बाहिर रहदै आएका थिए ।

न्युजिल्याण्डले फेब्रुवरी २१ बाट घरेलु मैदानमा भारतसँग पहिलो टेष्ट खेल्नेछ ।

यस्तै न्युजिल्याण्डको टिममा अजिज पटेलले पनि स्थान बनाएका छन् । केली जेमिसनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । उनले यसै महिना एकदिवसीयमा डेब्यु गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?