यो टापुमा गएका कोहि पनि जीवित फर्किदैनन् !

काठमाडौं । विश्वमा केही त्यस्ता ठाउँहरु पनि छन् जो यथार्थमै डरलाग्दा हुन्छन् । संसारका ती ठाउँहरु यति डरलाग्दा र खतरनाक हुन्छन् की त्यहाँ गईसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कमै मात्रामा मात्र हुन्छ । त्यस्तै एउटा डरलाग्दो टापु इटालीमा पनि छ ।

आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो । तर उक्त अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल नै बन्द गर्नुपरेको थियो । केहि वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो ।

अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु खरीद गर्ने मानिस आफ्नो परिवार सहित टापुमा बस्न थाले ।

एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्यो ।

त्यसपछि उक्त टापुमा यस्ता अनौठा र अचम्मका घटना भई नै रहे । डरलाग्दा तथा रहस्यमय घटना भई रहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध नै लगायो ।

१२० वर्ष पहिले उत्त टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् भनेर प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो, ।

त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरिएको थियो । रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ ।

त्यसैले सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?