युनाईटेडद्वारा चेल्सी पराजित

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई पराजित गरेको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेका हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले समान एक एक गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६६ औ मिनेटमा मागुईरेले युनाईटेडको अग्रतालाई दोब्बर बनाए ।

यो पनि पढ्नुहोस् : लिभरपुल च्याम्पियन्स लिगमा छनोट

युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?