लेले बम अपडेट : सेनाको डिस्पोजल टोलीद्वारा बम निष्क्रिय

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारिसकेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको हो ।

स्थानीय शुकराम मिजारको घरमा ह्याण्ड ग्रिनेड बम भेटिएको हो ।

सोमबार बिहान सात बजे नवनिर्मित दुई तले घरको पहिलो तलाको बरण्डामा बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बम कसले राख्यो, किन राख्यो भनेर खुलिसकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

यो पनि पढ्नुहोस् :

ललितपुरको लेलेमा बम फेला, अनुसन्धान गर्दै प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?