कोल्नलाई पराजित गर्दै वायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा

काठमाडौं । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एफसी कोल्नलाई ४-१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो ।

रोबर्टो लेवान्डोस्कीले खेलको ३ मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दा वायर्न २-० ले अघि रह्यो ।

खेलको १२ औं मिनेटमा सेर्गी गान्ब्रीले गोल गर्दै वायर्नलाई ३-० को अग्रता दिलाए । ६६ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न ४-० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा घरेलु टोलीका मार्कले एक गोल फर्काएपनि वायर्न ४-१ ले विजयी भयो ।

जितसँगै वायर्नले २२ खेलबाट ४६ अंक जोडेको छ । वायर्न आरबी लिपजेइगलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित कोल्न २३ अंक जोडेर १७ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?