इंग्ल्याण्डले चुम्यो टी-ट्वान्टी सिरिज

काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डले हात पारेको छ ।

सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले हात पारेको हो । दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्याण्डको जितमा कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा अर्धशतक पुरा गर्दै सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने कीर्तिमानमा बराबरी गरे ।

यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय इनिङ्स टेम्बा बाभुमाले ४९ रन बनाए । क्विनटन डी कक र डेभिड मिल्लरले समान ३५र३५ रन बनाए ।

इंग्ल्याण्डका टम करण र बेन स्टोक्सले २र२ विकेट लिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?