अष्ट्रेलियाको डढेलोले निम्त्याउन सक्ने ७ भयावह परिणाम…

सन् २०१९ को सेप्टेम्बर महिनाबाट क्वीन्जल्याण्ड र न्यू साउथवेल्स राज्यबाट शुरु भएको अस्ट्रेलियाको डढेलो २०२० सम्मै रहिरह्यो । अस्ट्रेलियाको अहिलेसम्मकै सबैभन्दा विध्वंशकारी मानिएको उक्त डढेलोका कारण वनजङ्गल, जनावर, चराचुरुङ्गीदेखि ठूलै परिमाणमा जनधनको क्षती पनि भयो । तर, यो अस्ट्रेलियाको मात्र नभएर विश्वकै समस्या भएको छ । दीर्घकालीन रुपमा यस डढेलोले विश्वमै असर गर्ने पनि देखिन्छ ।

अस्ट्रेलियाको डढेलोले निम्त्याउन सक्ने ७ जटिल परिवर्तनहरु यस प्रकार छन् :

कार्बन डायक्साइडको उत्पादनमा वृद्धि

डढेलोबाट निस्किएको धुवाँ पृथ्वीमै घुमिरहन्छ जसकारण वातावरणमा कार्बन डायक्साइडको मात्रा बढी हुन्छ । यसले गर्दा वनजङ्गलहरुको विकासमा आँच आउने अनुसन्धानकर्ताहरु बताउँछन् ।

पानीको हाहाकार

भलै अहिले भइरहेको भारी वर्षाका कारण अस्ट्रेलियालीहरु निकै खुशी छन् तर, धेरै समयसम्म यस्तै पानी परिरहने हो भने पछि पानीको ठूलो समस्या निम्त्याउन सक्छ । आगोमा जलेका ठुटा, खरानी आदिसँग मिसिएर पानी झन् दूषित हुने र जम्ने समस्या देखिन सक्छ ।

जलजीवनको नाश

खरानी, मृत जनावर, ठुटाहरु आदि महासागरमा जम्मा भएर त्यहाँका जीवलाई असर पु¥याउन सक्छ ।

कृषि र खाद्य उत्पादनमा नकारात्मक प्रभाव

डढेलोले चौर, पशुपन्छी, उर्वर जमिन सँगसँगै पूर्वाधार पनि जलाएर नष्ट ग¥यो । यसले खाद्यान्नको उत्पादनमै कमी ल्याउँछ जसकारण खानेकुराको मूल्य बढ्ने ठूलो सम्भावना छ ।

पारिस्थितिक प्रणालीमा असर

डढेलोमा करौडौं जीवजन्तु, चराचुरुङ्गी तथा कीराफट्याङ्ग्रा जलेका छन् । साथै तिनको वासस्थान पनि आगोमै जलेर खरानी भएको छ । यस्तो अवस्थामा बाँचेका जीवजन्तुले पनि बस्ने, खाने स्थान पाउँदैनन् । यसले पारिस्थितिक प्रणालीमा असर पु-याउँछ ।

हिमनदी पग्लिँदै छन्

अनुसन्धानकर्ताका अनुसार डढेलोको प्रभावले यस वर्ष हिमनदी अरुवेला भन्दा २० देखि ३० प्रतिशतले बढी पग्लिने सम्भावना छ । यसको असर न्यू जिल्याण्डमा देखिन थालिसकेको छ । त्यहाँका हिमनदीहरु अरुवेला भन्दा तीव्र गतिले पग्लिरहेका छन् । डढेलोकै प्रभावका कारण हिउँको रंगमा समेत परिवर्तन आएको छ । सेताम्मै हिउँ आजभोलि हल्का खैरो देखिन्छन् ।

सार्वजनिक स्वास्थ्य जोखिममा

वायुमण्डलमा मडारिरहेको धुवाँ र हानिकारक ग्याँसका कारण वायु प्रदुषणका असरहरु देखिएका छन् अस्ट्रेलियामा । यसले मानिसको श्वासप्रश्वास सम्बन्धि स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

एजेनसीको सहयोगमा

अष्ट्रेलियाको आगलागी : भवितव्य कि पूर्वयोजना ? जलवायु परिवर्तनमा मौनता साँधेकाले सिंगो विश्वको यस्तो आशंका  

अष्ट्रेलियामा दुई दशकयताकै ठूलो वर्षा, निभ्यो डढेलो 

जलवायु परिवर्तनको भयावह परिणाम : यी तस्वीर हेरेर तपाई भन्नुहुनेछ, ‘हे भगवान्’ (फोटोसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?