सोमवार पुरुषलाई जे गर्न पनि छुट दिने देश !

काठमाडौं । विश्व अचम्मका खानीले भरिएको छ । संसारमा अनौठा र अचम्मका नियमहरु छन् । त्यस्तै एउटा नियमको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । सुन्दा अचम्म लाग्छ नै तर यो कुरा सत्य हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार पोल्यान्डमा सोमवारका दिन केटाहरूलाई जे पनि छुट हुन्छ । सञ्चारमाध्यामका अनुसार मध्य युरोपका केही देशहरु पोल्यान्ड र चेक गणतन्त्रमा सोमवार बिदा हुन्छ ।

सो बिदाका दिन त्यहाँ केटाहरूले आफूले चाहेकी युवतीलाई मनलाग्दी गर्न पाउँछन् । समाजले यसका लागि छुट दिएको छ ।

सो दिन पुरुषले महिला वा चाहेका युवतीलाई मज्जाले भिजाउन पाउँछन् । कसरी भने, ती देशमा ‘वेट मन्डे’ बिदा दिइन्छ । यसलाई ‘भिजेको सोमवार’ भनिन्छ ।

सो दिन युवकले युवतीलाई भिजाए एकअर्काले गरेको पाप पखालिने विश्वास गरिएको छ। सञ्चारमाध्यामका अनुसार त्यस क्षेत्रका सबैभन्दा सुन्दर युवतीलाई कुनै पुरुषले भिजाए ती महिलाले कुनै विरोध वा प्रतिकार गर्न पाउँदिन् । किनभने, त्यसो गर्नाले भिजाउने पुरुषले जीवनमा गरेका पाप सकिन्छन् भन्ने विश्वास रहि आएको छ ।

अझ रोचक कुरा त के छ भने सोमवारका दिन केटाहरूले केटीलाई पानीले भिजाएर पाप पाखाल्छन् । र मंगलबार केटीहरूले पनि केटाहरुलाई पानीले भिजाएर आफ्नो पाप पखाल्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?