हेर्नहोस काठमाण्डौंका यी ठाउँमा हुन्छ, खुलेयाम देहव्यापार

अधिकारका लागि अभियान नामक संजालले गरेको अध्ययनले उपत्यकाका विभिन्न स्थानमा खुलेआम यौन जन्य क्रियाकलाप भइरहेको तथ्य फेला पारेको छ । तीन महिना लामो अध्ययनपछि उक्त तथ्य फेला पारेको संजालले जानकारी दिएकोे छ । संजालले गोंगबु, कलङकीलगायतका स्थानका आकाशे पुल तथा त्यस वरपरका क्षेत्रमा यौनकार्यका लागि सेटिङ मिलाउने काम भएको भेटेको छ । देह–व्यापारमा ११ वर्षदेखि माथिका बालबालिका र किशोरीलगायत प्रौढ महिला पनि संलग्न रहेको अध्ययनले देखाउछ । यौनकार्यका लागि व्यक्ति वा स्थान छनौट गर्दा सांकेतिक रुपमा कुरा हुने, कुरा मिलेपछि गेष्ट हाउसमा जाने गर्दछन् । यौन व्यापरमा सामान्यतः ग्राहक र यौनकर्मीबीच विभिन्न समयको लागि मोलमोलाइ हुने गर्दछ । कस्ता यौनकर्मी विशेषगरी यौनजन्य कार्यमा आर्थिक अवस्था कमजोर भएका, त्यस्तै, भूकम्पपीडित वासस्थान गुमाएका, साथीसंग लहैलहैमा भागेर सहर प्रवेश गरेका बालबालिकाहरु यौन कार्यमा संग्लग्न हुने गरेको संजालले बताएको छ । ११ बर्षदेखी १८ बर्षका किशोरी, सडक बालबालिका, लागुपदार्थ दुव्र्यसनीमा लागेको पनि यौन व्यापारमा लागेका देखिन्छ । उक्त स्थानमा ग्राहकले यौनकर्मीसंग मोलमोलाई गरिरहेको दृश्य, आवाज, संकेत तथा अनुभव गर्न सकिन्छ । यौन ग्राहक यसरी यौनकर्मीहरुसंग सम्र्पक गर्ने ग्राहक फरक फरक प्रकृतिका हुने गर्दछन् । प्रायः यस्तो ठाउँमा सेना, प्रहरी, सवारी मजदुर, र बिद्यार्थी बढी हुने गर्दछन् । त्यसै गरी सामान्य मानिसदेखि उच्च ओहोदाको मानिस समेत सेवा लिन जाने देखिएको छ । अध्ययन प्रतिबेदकका अनुसार उनीहरुले प्रतिघण्टा ५ सय देखी १० हजारसम्म तिर्ने गरेका छन । खतरामा यौनकर्मी अबैध यौन कार्य नियन्त्रण गर्न सरकारी निकाय चनाखो हुदैगएपछि देहव्यापारको स्वरुप फेरिएको छ । क्याविन रेष्टुरेन्टहरु खाजा घरको रुपमा र मसाजहरु स्पाको रुपमा परिणत भएपनि देहव्यापारको स्वरुप उस्तै छ । भूकम्पपछि मनोरंजन क्षेत्रमा किशोरीको संख्या बढ्दै गएको यसभन्दा अगाडि गरिएका विभिन्न अध्ययनबाट प्रस्ट हुन्छ । यस्ता कार्यमा संलग्न रेष्टुराहरुले एक रातका लागि ग्राहकसँग ५ हजारसम्म लिने गरेको भेटिएको छ । जोखिम के छ कम उमेरमै यौन सम्पर्क कायम गर्ने चलन बढ्दै जाँदा किशोर किशोरीहरुमा यौन संक्रामक रोगहरुको संक्रमण हुने खतरा धेरै हुने एक अनुसन्धानले देखाएको छ । यौन प्रसारित संक्रमण अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्समा गोनोरिया, भिरिंगी, एड्स तथा क्लेमाइडिाया लगायतका रोग पर्दछन् । शोधकर्ताहरुका अनुसार अहिले विश्वमा किशोर किशोरी तथा युवायुवतीहरुमा चिकित्सकीय तथा मनोवैज्ञानिक समस्याको प्रमुख कारण नै यौनसम्पर्कका माध्यमबाट हुने संक्रमण बनेको छ ।त्यस्तै किशोरीहरु यौनजन्य कार्यमा लाग्दा किशोरीहरुको पूर्ण रुपले शारीरिक तथा मानसिक विकाश नभइसकेको हुनाले धेरै खतरा रहेको थापाथली प्रसूती गृहका वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा निर्देशक जागेश्वर गौतम बताउँछन् । सानै उमेरमा यौन व्यावसायमा लाग्दा उनीहरुको कार्य समाजले थाहापायो भने समाजबाटै बहिस्कृत हुन पर्ने, आर्थिक लाभको मोहमा परेर पढ्न लेख्न छाडिदिने र यौनजन्य रोगहरुले आक्रमण गरेपछि उनीहरुको स्याहार सुसार गर्ने कोहीपनि नहुने हुनाले समग्र भविष्य नै डरलाग्दो हुने डा। गौतम बताउँछन् । हाम्रो समाजले यौनलाई विवाह पूर्व बन्देज गरेको हुनाले यौन व्यावसाय गर्नेलाई उनीहरुको विवाहबन्धनमा पनि समस्या आउन सक्छ ।सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक रुपमा कमजोर भएपछि यौनकर्मीले आत्महत्या समेत गर्नसक्ने डा। गौतम बताउँछन् । किशोरीमा हुने असुरक्षित यौन सम्बन्धका कारण योनी तथा पिसाबमा सङक्रमण वढेपछि विभिन्न रोगहरुबाट पीडित हुने बरिष्ठ मृगौला रोग बिशेषज्ञ डाक्टर ऋषी कुमार काफ्ले बताउछन । उनी भन्छन ‘ मानसिक तथा शारिरिक जोखिम त छदैछ, उनीहरुको मृगौलामा समेत गम्भिर असर पर्छ । ’ कसरी बच्ने वरिष्ठ स्त्री रोग बिशेषज्ञ जागेश्वर गौतमका अनुसार राज्यले आर्थिक रुपमा सक्षम बनाउने, रोजगारी तथा शिक्षा दिक्षा दिने राम्रो व्यवस्था गरेमा यस्तो कार्य आफैं हट्छ । सबभन्दा महत्वपूर्ण कुरा रोजगार र आर्थिक रुपमा सबल हुनु हो । उनी भन्छन ‘यस्तो व्यावसाय गर्ने किशोरीहरुलाई यो पेशा ठीक होइन भनेर जनचेतना दिनुपर्दछ । यसको डरलाग्दो असर र परिणामका बारेमा बताइदिनु पर्छ ।यस्तो दृश्य काठमाण्डौका विभिन्न गल्लीमा रातदिन देख्न सकिन्छ । तर समबन्धित निकाय मौन जस्तै छ । यो कार्य रोक्न केही पहल भएको छैन । यस अध्ययनमा एमएमएडी नेपाल, विस्वास नेपाल, क्याप नेपाल, आवाज नेपाल, दलित महिला उत्थान संघ लगायतका संस्थाहरुको संलग्नता थियो । सडक र सानातिना गेस्टहाउसमा हुने देहव्यापार प्रहरीको आम्दानीको स्रोत बनेको छ । बेलाबेलामा पक्राउ गर्ने र हप्ता असुल्ने गरिन्छ । ठुला होटलमा ठुलै कारोवार हुन्छ, त्यस्तो ठाउँमा रोकतोक छैन । देहब्यापारमा समेत ठुलालाई चैन सानालाई ऐन भएको छ ।नेपाल आज डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?