काठमाडौं । नागार्जुन नगरपालिकाले काठमाडौंको स्युचाटारस्थित ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग अनुरुप आवश्यक सामाग्री प्रदान गरेको छ ।
नगरपालिकाले १२ थान म्याट्रेस, ४ थान सुत्ने खाट, १ थान वासिङ मसिन, २ थान हिटर, खाद्यान्न गरी ४ लाख बराबरको सामाग्री स्याहार केन्द्रलाई प्रदान गरेको हो ।
यस सँगै नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले बौद्धिक अपाङ्गता भएका बालबालिकाको हेरविचार गर्दै आएको ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सार्वजनिक जग्गा उपलब्ध गराएर भवन निर्माणका निमित्त ५० लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धतासमेत जनाए । बस्नेतले स्याहार केन्द्रमा भएका ११ जना बालबालिकाको जन्मदर्ता बनाउन सक्दो मद्दत गर्ने वाचा पनि गरेका छन् ।
कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी लगायत विभिन्न वार्डका वडाध्यक्ष साथै स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

वि सं २०६७ सालमा स्थापित ओम अपाङ्गता बालबालिका स्याहार केन्दमा अहिले २१ जना बालबालिका छन् । बालबालिकाको स्याहारसुसार गर्नलाई संस्थामा ५ जना कर्मचारी खटाइएका छन् ।
यसअघि लोकपथले ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रको बारेमा एउटा स्टोरी तयार पारेको थियो । पढ्नलाई लिंकमा क्लिक गर्नुहोस् :
बौद्धिक अपाङ्गता भएका बालबालिकाकी ‘आमा’ रत्नकलाको मर्मस्पर्शी कथा(भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया