यी ६ देशमा भिख माग्नेलाई जेल हालिन्छ !

काठमाडौं । भिख मागेर जेल वा कुनै पनि सजायको भागेदार हुनुपर्छ भन्दा हामीलाई अचम्म लाग्छ । तर यो कुरा सत्य हो ।

कुनै एउटा देशमा मात्र होइन, संसारमा त्यस्ता धेरै देश छन् जहाँ भिख माग्यो भने जेलको सजाय वा देशानुसारको बिभिन्न सजायहरु भोग्नुपर्छ ।

भिख माग्दा सजाय हुने यी ६ देश र त्यहाँका कानून

१. उत्तरी छिमेकी देश चीनमा भिख माग्ने तथा माग्न लगाउँने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ।

२. अस्ट्रेलियाको कानूनमा भिख माग्नेहरुलाई फरक कानून छ । दक्षिण अस्ट्रेलियामा भिख माग्नेलाई २ सय ५० अमेरिकी डलर बराबरको रकम जरिवाना तिराइन्छ ।

३. बेलायतमा सार्वजनिक स्थानमा जथाभावी बस्ने, सुत्ने तथा भिख माग्नेलाई गैरकानुनी मानिन्छ । त्यहाँ यस्तो नियमको उल्लंघन गर्नेहरुलाई जेल र जरिवाना दुवै सजाय हुने व्यवस्था छ । बेलायतमा सन् १८२४ मा भिख माग्न नपाइने कानून लागू भएको थियो ।

४. डेनमार्कमा भिख माग्नु स्थानीय दण्डआचारसंहिताबिपरीत मानिन्छ । दण्डआचारसंहिताको धारा १९७ का अनुसार भिख मागे ६ महिनासम्मको जेल सजाय हुन सक्छ।

५. फ्रान्समा सन् १९९४ मा लागू भएको नयाँ कानूनले भिख माग्ने कार्यलाई गैरकाकानूनी कामको सूचीबाट हटाएको थियो । यद्यपि, त्यहाँ साना–बालबालिकालाई भिख माग्न लगाए वा उनीहरुको प्रयोग गरेमा कानूनी सजाय हुने व्यवस्था रहेको छ ।

६. फिनल्यान्डमा सन् २००३ को सार्वजनिक शान्ति सु-व्यवस्था ऐनले भिख माग्न नपाइने बनाएको छ । यदि भिख मागेको पाइएमा राज्यले जेल सजाय दिने व्यवस्था रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?