तारकेश्वर नगपालिकाद्वारा साग पदक विजेतालाई नगदसहित सम्मान

काठमाडौं । तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको हो ।

स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी निष्मा श्रेष्ठले समान २५ हजार र सम्मान पत्रसहित सम्मान भएका थिए । त्यस्तै रजत पदक विजेता फेन्सिङकी कमला श्रेष्ठ, उसुकी मिना ग्ल्यान र विश्व बुढा मगरले समान २० हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौ, पोखरा र जनकपुरमा मंसिर २४ गते सम्पन्न भएको १३ औं सागमा नेपालले इतिहासिक सफलता हासिल गर्ने क्रममा पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि कुल २ सय ६ पदक जितेको थियो ।

यो पनि पढ्नुहोस्  : १३ औं सागलाई फर्केर हेर्दा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?