काठमाडौं । लिगको ७४ औं खेलमा विभागीय पुलिस र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन् ।
लिगको एघारौ चरणको चौथो खेलमा दुई टिम भिड्न लागेका हुन् । दोस्रो पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।
शुक्रबार पुलिसविरुद्ध ब्रिगेडले आफ्ना कप्तान अनिल गुरुङलाई गुमाउने छ । एनआरटीसँग पेनाल्टीमा चुकेका उनी दोहोरो पँहेलो कार्डका कारण टिम बाहिर रहनेछन् । ब्रिगेडले चारै जना विदेशी खेलाडीलाई मैदानमा प्रयोग गर्न पाउनेछ ।
पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।
यो पनि पढ्नुहोस् : ए डिभिजन लिगमा दुई खेल हुँदै, को-को भिड्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया