बजारमा केही दिनदेखि लसुनको भाउ आकाशिएको छ । अहिले थोकमा यसको मुल्य प्रतिकेजी ६०० रुपियाँभन्दा बढीमा कारोबार भइरहेको छ । खुद्रा बजारमा पाउ (२००ग्राम)कै १७० देखि १८० रुपियाँमा किनबेच भइरहेको छ । लसुनमा ९५ प्रतिशत माग चीनले धान्दै आएकामा त्यहाँबाट आउन छोडेसँगै भाउ आकाशिएको कालीमाटी समितिले जनाइएको छ । चीनमा कोरोना भाइरसका कारण नेपाल आउने सबै नाका बन्द भएकाले यसको असर लसुनको मूल्यमा परेको छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया