जहाँ राजकुमार जन्मिँदा एक लाख बिरुवा रोपिन्छ !

काठमाडौं । क्षेत्रफलका आधारमा विश्वकै सानो देश मानिने भुटानका नियम र कानूनका बारेमा सायदैलाई मात्र थाहा होला । भुटानलाई ड्रागनको देश पनि भन्निछ ।

अन्य देशको भन्दा धेरै रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति छ । भुटानमा चुरोट तथा तम्बाखुहरुको सेवन निषेध छ ।

संस्कृतिमा लगाव राख्न देशको जनताहरुलाई निर्देशन छ । भुटानका महिलाहरुले छोटो स्कर्ट लगाउँन पाउँदैनन् । उनीहरुले आफ्नो देशमा लगाउँदै आएको कपडा मात्रै लगाउँनु पर्छ ।

यो देशममा बाबु बजेको सम्पत्ति छोरीलाई दिइन्छ । साथै विदेशी नागरिकहरुले भुटानीहरुसँग विवाह गर्न पाउँदैनन् । भुटानमा कुनै पनि प्रकारका ट्राफिक लाइट छैनन् ।

साथै त्यहाँका मानिसहरुले धेरै मात्रामा प्लाष्टिकको प्रयोग गर्न पाउँदैनन् । जब भुटानको राजपरिवारमा राजकुमारको जन्म हुन्छ तब जनताले एक लाख बिरुवा रोप्ने प्रचलन रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?