जर्मनीका जेभरेभ पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । जर्मनीका एलेक्जेन्डर जेभरेभ पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा स्विस खेलाडी स्टानिलास वावरिन्कालाई हराएर जेभरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सातौं वरियताका जेभरेभले तीन पटकको ग्राण्डस्लाम च्याम्पियन वावरिन्कालाई १-६, ६-३,६-४ र ६-२ को सेटमा पराजित गरे । वावरिन्काविरुद्ध पहिलो सेट गुमाएपनि जेभरेभले उत्कृष्ट पुनरागमन गरेका थिए ।

यससँगै २२ वर्षे जेभरेभ पहिलोपटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्न सफल भएका छन् । अब जेभरेभले सेमिफाइनलमा विश्व नम्बर एक राफायल नाडाल र डोमिनिक थिमबीचको विजेतासँग खेल्ने छन् । एजेन्सी

यो पनि पढ्नुहोस् : रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?