रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा मंगलबार भएको रोमान्चक खेलमा अमेरिकाका टेनीज स्यान्डग्रेनलाई पराजित गर्दै फेडेरर अन्तिम चारमा पुगेका हुन् ।

तेस्रो वरियताका फेडेररले स्यान्डग्रेनलाई ६-३, २-६, २-६,७-६(१०-८) र ६-३ को सेटमा पराजित गरे ।

यससँगै फेडेरर १५ औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्न सफल भएका छन् । एजेन्सी

यो पनि पढ्नुहोस् : बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?