काठमाडौं । एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै भिल्ला फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा खेलको १२ औं मिनेटमा माट टार्गेटको गोलबाट भिल्लाले अग्रता बनाएमा थिए । खेलको ७२ औं मिनेटमा केलीची इहान्चोले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए ।
तर, खेलको अन्तिम समयमा ट्रेजेगुएटले गोल गर्दै भिल्लालाई २-१ को जित दिलाए । अब भिल्लाले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
पहिलो लेगमा सिटी ३-१ ले अघि रहेको छ । एजेन्सी
यो पनि पढ्नुहोस् : हालेप अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया