काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले लिगमा पहिलो जित हात पारेको हो ।
सरस्वतीले लिगमा ९ खेलपछि पहिलो ३ अंक जोडेको हो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे । यस्तै विनोद केसी र मनिष थापाको नाममा एक एक गोल रह्यो ।
शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ । शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
एजेन्सी
यो पनि पढ्नुहोस् : ए डिभिजन लिगमा आज दुई खेल हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया