अफगानिस्तानमा ८३ यात्रु सवार विमान दुर्घटना

काठमाडौं । अफगानिस्तानको तालिवान नियन्त्रित प्रान्तमा एरियन एयरलाइन्स दुर्घटनामा परेको छ । विमानमा ८३ यात्रु सवार थिए । विमान घाजिनी प्रान्तको देह याक जिल्लाबाट करीब १५ किलोमिटर दुरीमा दुर्घटना भएको हो ।

दुर्घटना भएको प्रान्त तालिबानीहरुको नियन्त्रणमा रहेको क्षेत्र भएकाले उद्दारकर्मीलाई सहज नरहेको बताइएको छ । अधिकारीका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको र त्यसमा आगो लागेको थियो ।

एरियाना एयरलायन्सको बोइ ७३७-४०० कल कल साइन रहेको विमान राजधानी काबुलबाट दक्षिण पश्चिममा दुर्घटना भएको हो ।
विमान स्थनीय समय अनुसार दिउँसो सवा १ बजे दुर्घटना भएको हो ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

ल्यान्ड गर्न लागेको विमान सडकमा उछिटिएपछि

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?