ए डिभिजन लिग : पुलिसद्वारा एपीएफ पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित हात पारेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसलाई जित दिलाउन कप्तान भोला सिलवालले गोल गरे । खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् । यस्तै खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिए । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाब बढेको छ ।

यो पनि पढ्नुहोस् : ए डिभिजन लिगको नवौं चरण आजबाट (सम्पूर्ण जानकारी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?