ए डिभिजन लिगको नवौं चरण आजबाट (सम्पूर्ण जानकारी)

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल आजबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनीक गरेको खेल तालिका अनुसार आजबाट नवौं चरणका खेल सुरु हुनेछन् । केही खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । अधिकांश खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन गरिनेछ ।

नवौ चरणमा उपाधि होडमा रहेका थ्री स्टार र मछिन्द्रको रोमाञ्चक भिडन्त हुनेछ । दुई बलिया टोलीबीचको नतिजाले लिगको उपाधि समिकरण समेत प्रभावित बन्नेछ । खेल सोमबार दिउँसो ३ बजे हुँदैछ ।

सोही दिनको पहिलो खेलमा पुलिस र एपीएफ भिड्नेछन् । खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

नवौ चरणको दोस्रो दिन मंगलबार समेत दुई खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा हिमायनल शेर्पा र सरस्वती युथ तथा दोस्रो खेलमा जावलाखेल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो दिन बुधबार एक मात्रै खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा पुर्व च्याम्पियन मनाङ र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै नवौ चरणको अन्तिम दिन बिहिबार दुई खेल हुनेछन् । दुबै खेल दशरथ रंगशालामा राखिएको छ ।

दिनको पहिलो खेलमा फ्रेण्ड्स र च्यासल तथा दोस्रो खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड व्बाईजबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको आठौं चरणको खेल सकिदाँ आर्मी १७ अंक सहित शीर्ष स्थानमा छ । यस्तै, मछिन्द्र १६ अंक सहित दोस्रो र मनाङ तेस्रो स्थानमा छ । थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ ।

समान १२ अंक सहित एनआरटी पाँचौ, जावलाखेल छैटौ र संकटा सातौं स्थानमा छन् । पुलिस ११ अंक सहित आठौं स्थानमा छ । च्यासल ९ अंक सहित नवौं, ब्रिगेड ब्वाईज र फ्रेन्ड्स ८ अंक सहित क्रमश दशौं र ११ औं स्थानमा छन् ।

हिमालयन शेर्पा क्लब ७ अंक सहित १२ औं स्थानमा छ । एपीएफ ५ अंक सहित १३ औं स्थानमा रहदाँ सरस्वती १ अंक जोड्दै तालिकाको पुछारमा छ । पुछारको एक टिम रेलिगेशनमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?