भालाडोलिडलाई पराजित गर्दै रियल शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

आईतबार राति भएको खेलमा रियल भालाडोलिडलाई पराजित गर्दै मड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिएको हो । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १-० को जित हात पार्यौ ।

खेलको ७८ औ मिनेटमा नाचोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । रियल पछिल्ला १९ खेलमा अपराजित छ । शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ ।

भालाडोलिडले २२ अंक जोडेको छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?