२९ राउन्ड गोली लिएर यति एयरको विमान चढ्न लागेका जितु पक्राउ

पोखरा । झोलामा २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

राइफलमा प्रयोग हुने गोली झोलामा लिएर जहाज चढ्न लागेका पोखरा-१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

२२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए ।

चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

२ वटा इन्जिन भएको सबैभन्दा ठूलो बोइङ जेटको परीक्षण उडान सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?