२ वटा इन्जिन भएको सबैभन्दा ठूलो बोइङ जेटको परीक्षण उडान सफल

काठमाडौं । बोइङ कम्पनीले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ७७७ एक्स को पहिलो परीक्षण उडान सफल भएको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी(जम्बो विमानको विशाल र परिष्कृत रूप हो । दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन नै यो विमानका विशेषता हो ।

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४।२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?