ए डिभिजन लिग : आठौं चरणसम्म आइपुग्दा

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको आठौं चरण सकिदाँ आर्मी १७ अंक सहित शीर्ष स्थानमा छ । लिगको नवौं चरणका खेल सोमबार सुरु हुँदैछ ।

लिगको आठौं चरणको खेल सकिदाँ आर्मी १७ अंक सहित शीर्ष स्थानमा छ । यस्तै, मछिन्द्र १६ अंक सहित दोस्रो र मनाङ तेस्रो स्थानमा छ । थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ ।

समान १२ अंक सहित एनआरटी पाँचौ, जावलाखेल छैटौ र संकटा सातौं स्थानमा छन् । पुलिस ११ अंक सहित आठौं स्थानमा छ । च्यासल ९ अंक सहित नवौं, ब्रिगेड ब्वाईज र फ्रेन्ड्स ८ अंक सहित क्रमश दशौं र ११ औं स्थानमा छन् ।

हिमालयन शेर्पा क्लब ७ अंक सहित १२ औं स्थानमा छ । एपीएफ ५ अंक सहित १३ औं स्थानमा रहदाँ सरस्वती १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

पुछारको एक टिम रेलिगेशनमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?