आस्था राउतलाई रेखा थापाको काउन्टर, प्रहरीसँगको ‘सेल्फी’ भाइरल बन्दै

काठमाडौं – गायिका आस्था राउत अहिले  एअरपोर्टमा प्रहरीसँगको विषयलाई लिएर विवादमा छिन् ।

गएको बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउत र ड्युटिमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको चर्काचर्कीले सामाजिक सञ्चाल तातेको थियो ।

त्यसपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले गर्दा गायिका राउत झनै विवादमा तानिएकी थिइन् । भिडियोमा उनले प्रहरीमाथि आक्रोशपूर्ण व्यवहार गरेको भन्दै उनलाई प्रहरी जवान रमिताले जाहेरी दिएकी थिइन् । रमिताको जाहेरीपछि आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो ।

 

यसैबिच अभिनेत्री रेखा थापाले प्रहरीसँगको सुमधुर सम्बन्ध देखिने फोटाहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि हंगामा भएको छ । प्रहरीले उनलाई सभ्य र मर्यादित ढंगले सुरक्षा र सम्मान दिँदै कार्यक्रमस्थलमा लगेको फोटोहरु भाइरल भइरहेको छ । उनले सामाजिक सञ्जालमा राखेको फोटोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आस्थामाथिको काउन्टर भएको बताएका छन् ।

रेखाले सामाजिक सञ्जालमा राखेका तस्विरहरु केही समय अगाडि माघी पर्वको अवसरमा बर्दियाको ‘माघी मेला तथा साँस्कृतिक महोत्सव’ मा खिचिएका थिए । आफूलाई प्रहरीले दिएको सुरक्षा र प्रहरीले लिएको सेल्फीको तस्विर नायिका थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । सबै तस्वीर उनको सामाजिक सञ्जाल फेसबुकबाट लिइएको हो । 

यो लिंक पढ्नुहोस् । 

आस्था राउत प्रकरणमा बोले दीपकराज गिरी

गायिका आस्था राउत र प्रहरीबीचको भनाभनमा क्रिमिनल चार्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?