संसारकै सबैभन्दा पुरानो सामान ७ अर्ब वर्ष पहिलाको भएको खुलासा

काठमाडौं । सूर्यको अस्तित्व लगभग आजभन्दा ४ सय ६० वर्ष पहिले देखिको छ । तर सौर्यमण्डलको अस्तित्व भन्दा पहिला आकाशगंगामा के थियो ? यो कसैलाई थाहा छैन।

म्युजियम अफ नेचुरल हिस्ट्री नेशनलका उल्कापिण्ड विशेषज्ञ फिलिप हेगका अनुसार एक उल्कापिण्ड र त्योसँगै आएको धुलोको कण (स्टारडस्ट) सौर्यमण्डलको अस्तित्व भन्दा पहिलेदेखि नै रहको बताउँछन् ।

सन् १९६९ मा एउटा उल्कापिण्ड अष्ट्रेलियाको मर्चीसनमा झरेको थियो । वैज्ञानिकहरुले उल्कापिण्डसँग आएको आई स्टारडस्ट नै अहिलेसम्मकै सबैभन्दा पुरानो सामान रहेको बताएका हुन् ।

स्टारडस्टको अस्तित्व ५ देखि ७ अर्ब वर्ष पहिला देखि रहेको उनीहरुले बताएका हुन् । यो अहिलेसम्मकै सबैभन्दा पुरानो ठोस पदार्थ वा सामग्री भएको उनीहरुले दाबी गरेका छन् ।

कुनै पनि तारा नष्ट हुन १ लाख वर्ष लाग्छ । तर उल्कापिण्डमा धेरै घर्षण हुने कारणले त्यसमा रहेका पदार्थहरु खसिरहेका हुन्छन् । स्टारडस्ट जस्ता पदार्थहरु तारा जस्तै हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

स्टारडस्टको सबैभन्दा सानो आकार ८ माइक्रोमिटर छ । साथै यसको बास्ना पीनट बटरको जस्तो हुने गर्छ । वैज्ञानिकहरुका अनुसार आकाशमा तीब्र गतिमा ताराहरु बन्ने प्रक्रिया ७ अर्ब वर्ष पहिला देखि भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?