जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा आइतबार भएको चौंथो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गर्दै जोकोभिक अन्तिम आठमा पुगेका हुन् ।

दोस्रो वरियताका जोकोभिकले डिएगोलाई ६-३,६-४ र ६-४ को सेटमा हराए । जोकोभिक ११ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।

अब सर्बियन जोकोभिकले अन्तिम आठमा मिलोस राओनिकसँग खेल्ने छन् ।

एजेन्सी

यो पनि पढ्नुहोस् : 

जितसँगै जोकोभिक ओपन टेनिसको चौंथो चरणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?