काठमाडौं । सुरक्षा व्यवसाय संगठन नेपालले आज काठमाडौंको स्युचाटारस्थित ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संगठनले स्याहार केन्द्रलाई १ लाख नगद सहयोग प्रदान गरेको हो ।
संगठनका अध्यक्ष उद्धवराज डल्लाकोटीले करिब एक दशकदेखि बौद्धिक अपाङ्गता भएका बालबालिकाको रेखदेख गर्दै आएको उक्त स्याहार केन्द्रलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दै रकम हस्तान्तरण गरेका थिए ।
वि सं २०६७ सालमा स्थापित ओम अपाङ्गता बालबालिका स्याहार केन्दमा अहिले २१ जना बालबालिका छन् । बालबालिकाको स्याहारसुसार गर्नलाई संस्थामा ५ जना कर्मचारी खटाइएका छन् ।
यसअघि लोकपथले ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रको बारेमा एउटा स्टोरी तयार पारेका थियो । पढ्नलाई लिंकमा जानुहोला :
बौद्धिक अपाङ्गता भएका बालबालिकाकी ‘आमा’ रत्नकलाको मर्मस्पर्शी कथा(भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया