सिद्धबाबालाई थुनामा राख्न उच्च अदालतको आदेश, उनी प्रहरीलाई छलेर भागे भारत

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजभ भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दे उच्च अदालतले सिद्धबाबालाई थुनामा राख्न आदेश दिएको हो । बिहीबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो ।

तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो । उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।

गिरीलाई आफ्नै एक महिला अनुयायीले आफुमाथि बलात्कार भएको भन्दै अदालतमा उजुरी दिएकी थिइन् । तर गिरी उच्च अदालतमा सुनुवाई भइरहदा उनी भारत छिरेका छन् ।

मुद्दाको सुनुवाइ बिहीबार दिउँसो १ बजे थियो । उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्। उनका वडिर्गा प्रहरी हवल्दारलाई एकैछिन पारि गएर आउनु छ । तपाईं यहि बस्दै गर्नु भन्दै जोगबनी छिरेका हुन् ।

केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहीबार बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेका प्रहरी स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्

सुनुवाई चलिरहेकै बेला बलत्कार आरोपी सिद्धबाबा भारत लागे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?