हिन्दु धर्ममा यस्तो छ स्वस्तिक चिन्हको महत्व

काठमाडौं । हिन्दु धर्ममा कुनै पनि शुभ कार्य शुरु गर्नभन्दा पहिला स्वस्तिक चिन्ह बनाएर त्यसको पूजा गर्छन् । यसो गर्दा सोचेका कामहरु सफल हुने विश्वास गरिन्छ ।

स्वस्तिक चिन्हलाई मंगलको प्रतिक मानिन्छ । साथै स्वस्तिक चिन्हलाई ‘सु’ र ‘अस्ति’को योग मान्ने गरिन्छ । अर्थात् शुभ होस् भन्ने अर्थ हुन्छ ।

हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्दा स्वस्तिक बनाएर त्यसमा पूजा गर्ने चलन छ । स्वस्तिकमा चार प्रकारका रेखाहरु हुन्छन् तर सबै रेखाहरु बराबरी आकारका हुन्छन् ।

पौराणिक मान्यताका अनुसार यी रेखाहरुले चार दिशा पूर्व,पश्चिम,उत्तर र दक्षिणको इसारा गर्छ । तर हिन्दु मान्यताका अनुसार यी रेखाहरु चार वेद (ऋगवेद,यजुर्वेद,सामवेद र अथर्ववेद) को प्रतिक मान्ने गरिन्छ ।

मान्यताका अनुसार स्वस्तिकका चार रेखाले श्रृष्टिका रचनाकार व्रह्मालाई बुझाउँछ । साथै स्वस्तिकका चार रेखाले चार पुरुषार्थ चार आश्रम, चार लोक र चार देव (व्रह्मा,विष्णु,महेश्वर र गणेश) सँग तुलना गरिन्छ ।

मान्यता यो पनि छ कि, स्वस्तिकका चार रेखाहरु भगवान व्रहमाका चार शिर समान हुन्छन् । साथै चार रेखाहरु जोडिने मध्यबिन्दु भगवान विष्णुको नाभि हो । जसबाट व्रह्मा प्रकट भएका थिए ।

साथै स्वस्तिकका चार रेखा एक घडिको दिशामा चल्छ । जसलाई संसार सहि दिशामा चल्ने प्रतिकका रुपमा हेर्ने गरिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?