डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको आरोप गलत सावित

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप गलत सावित भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि लागेको आरोपमा सत्यता नभएको बताएका हुन् ।

बिहीवार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी गराएका हुन् । श्रेष्ठले लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि आरोप लागेको थियो । श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरेको थियो । त्यस्तै राष्ट्र बैंकले श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरि छानबिनलाई अघि बढाएको थियो ।

श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति राष्ट्र बैंकले गठन गरेको थियो । उक्त समितिले छानविन गर्दा श्रेष्ठमाथि लागेका आरोपका सम्बन्धमा कुनै पनि दोष नदेखिएकाले श्रेष्ठलाई सफाई दिइसेको मन्त्री बास्कोटाले उक्त पत्रकार सम्मेलनमा बताएका हुन् ।

तर श्रेष्ठले भने  गर्भनर हुन नदिन चलखेल गरेको भन्दै आफूमाथि लागेको आरोप निराधार रहेको श्रेष्ठले बताउदै आएका थिए ।

शिवराज श्रेष्ठमाथि आधारित यी समाचार पढ्नुभएको थियो ?

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, ३ सदस्यीय छानबिन समिती गठन

निलम्बित डेपुटी गभर्नर श्रेष्ठको सम्पती सार्वजनिक (हेर्नुहोस् विवरणसहित)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?