एक युवतीको कारण ४२ वर्ष बन्द भयो रेल्वे स्टेशन

काठमाडौं । टेक्निकल समस्याका कारण रेल्वे स्टेशन बन्द गरेको खबर त हामीले सुनेका नै छौ ।तर एक युवतीका कारण रेल्वे स्टेशन बन्द भएको कुरा सायदै पहिलोपटक सुन्दै हुनुहुन्छ हाेला ।

भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लामा भएको घटना हो यो । यसको नाम बेगुनकोडोर रेल्वे स्टेशन हो । यो रेल्वे स्टेशन सन् १९६० मा खोलिएको थियो ।

यस स्टेशनलाई बनाउन सन्थालकी रानी लाचन कुमारीको अहम योगदान रहेको थियो । स्टेशन खोलेको केहि वर्षसम्म सबै राम्रो थियो तर पछि भने यहाँ अनौठो घटना भयो ।

सन् १९६७ मा एक रेल्वे कर्मचारीले स्टेशनमा एक महिला भूत देखेको बताएका थिए । यो अफवाह टाढा-टाढासम्म फैलियो ।

एक महिलाकाे त्यहि ठाउँमा ट्रेन दुर्घटनाका कारण मृत्यु भएको थियो । रेल्वे स्टेशनले यो कुरा सबैलाई भन्यो तर कसैले पनि विश्वास गरेनन् । एक मास्टरको परिवार जब रेल्वे स्टेशनमा मृत अवस्थामा फेला पर्याे तब सबैको होस उड्यो ।

गाउँलेहरुले उक्त महिला भूतकै कारण मास्टरका सबै परिवारको मृत्यु भएको बताउँन थाले । गाउँलेहरुले त्यसपछि राती हुनासाथ त्यहाँबाट ट्रेन चलेसँगै भूत पनि दौडिने गरेको बताउँन थाले ।

केहि मानिसहरुले भने लिकमा भूत नाचिरहेको बताएका थिए । त्यसपछि त्यो रेल्वे स्टेशन रेलको रेकर्डमा दर्ता भयो । साथै मानिसहरुको पनि त्यो स्टेशनमा आवतजावत गर्न बन्द भयो ।

त्यहाँ ट्रेन चलाउन पनि बन्द गरीयाे । यो स्टेशनको भूतको कुरा पुरुलिया जिल्लादेखि कोलकत्ता र रेल मन्त्रालयसम्म भूतको कुरा पुगेको थियो ।

जब यो स्टेशन आउँने गर्थ्यो तब ड्राइभरले ट्रेन स्टेशन आउँने बेलामा ट्रेनको गति बढाउँथे । सन् २००९ मा ४२ वर्षपछि स्थानीयहरुले रेल मन्त्री ममता बेनर्जीलाई रेल स्टेशन खोल्न आग्रह गरेपछि खुलाइएको थियो । तर अहिले पनि यहाँका मानिस सूर्य अस्ताउँने बेला भएपछि रेलमा यात्रा गर्दैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?