जानी राख्नुस, नियमित यौनसम्पर्क वा हस्तमैथुनले गर्छ यस्तो फाईदा

मानिसलाई यौनसम्पर्कले दिने सन्तुष्टिका कारण बढी फुर्तिलो र तन्दुरुस्त बनाएको अध्ययनहरूले देखाएका छन । यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन । बरु यसले मानिसलाई अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो यौनसम्पर्कबाट तपाईंले कत्तिको सन्तुष्टि प्राप्त गरिरहनुभएको छ, यो नै महत्वपूर्ण विषय हो । पुरुष वा महिला दुवैले बिहानपखको यौनसम्पर्कपछि शरीर शिथिल र कमजोर महसुस गरेको धेरैको अनुभव छ । रातिको आरामपछि बिहानको समयले शरीरलाई दिनभरिको विभिन्न काम गर्न ऊर्जा थपेको हुन्छ । बिहानको यौनसम्पर्क पछि स्वभाविक रूपमै केही ऊर्जा वा शक्ति खर्च हुन्छ, जसका कारण शरीर कमजोर भएको अनुभव हुन्छ तर यसले शरीरलाई कुनै हानिचाहिँ र्पुयाउँदैन । स्वस्थ र नियमित यौनसम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो र फुर्तिलो राख्छ । यसले मानिसको उमेरजन्य बूढ्यौली पनि कम गर्छ । मानिसलाई तन्दुरुस्त राख्छ । हालै मुसामा गरिएको एक अध्ययनमा नियमित यौनसम्पर्कले स्नायु तन्तुहरूको विकास राम्रो भएको र तनावयुक्त हार्मोन निर्माण कम भएको पाइएको छ । नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनावको तह घटाउँछ । सन्तोषजनक तथा स्वस्थकर यौनसम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गरेको पाइएको छ । संसर्गअघि आपसी कुराकानी, दुखसुखका वातचित, भावना साटासाट गर्नु र पाक्क्रीडा आदिका माध्यमबाट सकारात्मक ग्रन्थिहरू सक्रिय हुन्छन् । त्यसले गर्दा मानिसले हरेक समस्यासँग जुध्ने क्षमताको विकास पनि गर्छ । यौनसम्पर्कको चरम आनन्दमा बढीभन्दा बढी पुग्ने मानिसहरू अरूभन्दा आकर्षक व्यक्तित्वको र स्वस्थ पनि हुने पाइएको छ । त्यसैगरी हस्तमैथुनबाट चरम आनन्द लिने मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन । बेलायतमा गरिएको अर्को अध्ययनले त यी दुवै आनन्द लिने विधि प्रयोग गर्नेहरूको मृत्युदर ५० प्रतिशतले कम रहेको औंल्याइएको छ । त्यसैले यसबाट कमजोरी हुन्छ भन्ने कुरा सत्य होइन । बरु शक्ति प्राप्त हुन्छ भन्नु उपयुक्त हुन्छ । यौनसम्पर्क स्वस्थकर हुनुपर्छ, सुरक्षित हुनुपर्छ । दुवै जना चरम आनन्दको अवस्थामा पुग्नुपर्छ । यसमा जोडी दुवैको सक्रियता र सन्तुष्टिको हिस्सा पनि समान तहको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?