तपाईको फोनमा कसले के चलायो यसरी थाहा पाउनुहोस्…

मोबाइल फोन हाम्रो नितान्त व्यक्तिगत सम्पत्ति हो । आफूले चिनेजानेका व्यक्तिहरुको सम्पर्क नम्बरदेखि हाम्रा व्यक्तिगत तस्वीरहरु, महत्त्वपूर्ण डकुमेन्टदेखि हाम्रो सामाजिक सञ्जाल आदिको साझा द्वार हो मोबाइल फोन । त्यसैले त हामी आफ्नो फोन जोकोहीलाई चलाउन दिँदैनौं । चलाउन दिनैपर्ने अवस्थामा पनि हामी फोन फिर्ता नआउन्जेल वा कसैले चलाउन्जेल सचेत भइरहन्छौं । उसले के हेर्दै होला, के चलाउँदै होला भन्ने कुरा ख्याल गरिरहन्छौं ।

यदि नकारात्मक उद्देश्य भएका व्यक्तिहरुको हातमा प-यो भने हाम्रो गोपनीयतामा आँच आउन पनि सक्छ । हाम्रा व्यक्तिगत सूचना तथा जानकारीहरुलाई उनीहरुले हाम्रै विरुद्धमा प्रयोग गर्न सक्छन् ।

तर, प्रविधिले यस्तो एप विकास गरिसकेको छ जसले हाम्रो फोनको गतिविधिलाई रेकर्ड गर्दछ ।

हो, अहिले फोनमा स्क्रिन रेकर्ड गर्ने एप ‘डाउनलोड’ गर्न सकिन्छ जसले हाम्रो फोनमा भएका गतिविधिहरु रेकर्ड गर्दछ । एन्ड्रोइड फोनको ‘प्ले स्टोर’ मा गएर यो एप डाउनलोड गर्न सकिन्छ ।

स्क्रिन रेकर्डर नामक यस एपलाई ‘अन’ गरिदिएपछि हाम्रो फोनमा जेजस्तो गतिविध हुन्छ र स्क्रिनमा देखिन्छ त्यो सबै रेकर्ड हुन्छ । यदि हामीले कसैलाई फोन चलाउन दिनुप-यो भने यो एप अन गरेर दिनसक्छौं । र, फोन लिइसकेपछि त्यस व्यक्तिले आफ्नो फोनमा केके चलायो, कस्तो गतिविधि ग¥यो भनेर हेर्नसक्छौं ।
कतिपय अवस्थामा यस एपले अपराधिक मनशायका व्यक्तिहरुको पर्दाफास गर्न पनि मद्दत पु-याएको छ ।

उदाहरणको लागि लोकपथको यो समाचार पढ्नुहोस् :

अमेरिकाको ललीपप देखाएर ३ बिहे, दर्जनौं ठगी : नयाँ बिहेको कुरो छिन्न जाँदा युवती यसरी परिन् प्रहरी फन्दामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?