माघे संक्रान्तिका लागि काठमाडौं भित्रियो १२ सय टन तरुल

काठमाडौं । माघेसंक्रान्ति पर्वका लागि तरुल, चाकु, सखरखण्ड, पिँडालु लगायतका खानेकुराहरु मुख्य मानिन्छ ।माघेसंक्रान्ति नजिकिएसँगै बजारमा त्यसको व्यापारमा समेत बढेको छ ।  यतिबेला काठमाडौं लगायत देशैभरिका शहरहरुमा व्यसको व्यापार बढ्दै गइरहेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार सोमवारसम्म काठमाडौं उपत्यकामा १२ सय टन तरुल भित्रिएको छ ।  गत वर्षको यहि सिजनमा भने १ हजार टन मात्र तरुल भित्रिएको थियो । माघेसंक्रान्तीका लागि काठमाडौंमा देशका विभिन्न जिल्लाबाट तरुल लगायत अन्य बस्तुहरु भित्रिने गर्दछ । त्यसको ठुलो हिस्सा भने सर्लाहीले ओगट्दछ । कालिमाटी तरकारी बजारको तथ्यांक अनुसार सोमबारसम्म सर्लाहीबाट मात्रै ५ सय भन्दा बढि टन तरुल काठमाडौं भित्रिएको छ ।

भने मकवानपुर, चितवन, धादिङ लगायतका जिल्लाहरुबाट उपत्यकामा भित्रिने गर्दछ । बजारका माग अनुसारको आपूर्ती नहुँदा भारतबाट समेत आयात हुने गरेको छ ।

यो पनि

माघे संक्रान्तिको व्यापारले तातेको बजार १५ फोटोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?