माघे संक्रान्तिको व्यापारले तातेको बजार १५ फोटोमा

माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकु, तरुल, सख्खरखण्डको बिक्रीमा वृद्धि भएको छ । अहिले काठमाडौंको असन, इन्द्रचोक लगायत व्यस्त बजार क्षेत्रमा कन्दमूल, लड्डु तथा चाकु बेच्ने र किन्ने दुवैको घुइँचो देख्न सकिन्छ । चोकका पेटी, ठेला तथा पसलहरुमा चाकु, तरुल, सख्खरखण्ड, तील तथा भुजाका लड्डु आदिको चाङ देख्न सकिन्छ ।

माघे संक्रान्तिलाई नेपालीहरुले ठूलो चाडको रुपमा मनाउँदै आएका छन् । घिउ, चाकु, तिलको लड्डु, तरुल, कन्दमूल आदि खाएर माघे संक्रान्तिलाई भव्य तरिकाले मनाइन्छ ।

‘मकर नुहाउने’ भन्दै यसदिन नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गरिन्छ । मधेसी समुदायका मानिसहरुले पनि यस दिनलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा धुमधामले मनाउँछन् । ‘पुसको पाक्या, माघको खाक्या’ भन्ने भनाइ अन्तर्गत यो पर्वमा पुस मसान्तमा पकाइएको खाना माघको पहिलो दिन खाने चलन छ ।

यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने धार्मिक विश्वास छ ।

लोकपथको लेन्सबाट यस्तो देखियो माघे संक्रान्तिको स्वागतमा व्यस्त बजार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?