घट्न थाल्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ८ सय रहेको थियो । तर आज तोलामा ८ सयले कमि आई प्रतितोला सुन ७४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७३ हजार ७ सय रहेको छ ।

मंगलवार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्यमा गिरावट आइ प्रतितोला चाँदी ८ सय ८० कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

र यो पनि

सुनबारे रोचक तथ्य: सुखको गहना, दुखको खजना, सम्बन्धको गाँठो कस्न किन चाहियो सुन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?