जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान !

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काट्नेहरुलाई ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा दिन थालेको छ ।

पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरिएको हो ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै ऊनीहरूकै माध्यमवाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।

ट्राफिक प्रहरीले समाते कक्षा नलिई पैदलयात्री जान पाउने छैनन् । सोमबार मात्रै १० हजार पैदलयात्रुलाई सचेतना कक्षा दिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?